समाचार सुन्नुहोस :
काठमाडौँ – प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ। सभामुखमा निर्वाचित भएपछि यी दुईबीच भएको यो पहिलो औपचारिक भेट हो।
भेटका क्रममा अध्यक्ष दाहालले सभामुख अर्याललाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका छन्। सभामुख अर्याल चैत २२ गते निर्विरोध रूपमा उक्त पदमा निर्वाचित भएका थिए।








