Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

सम्माननीय प्रधानमन्त्री बालेन शाहज्यू,
नेपाल सरकार
सिंहदरबार, काठमाडौं, नेपाल

विषयः विदेश (जापान) बस्न बाध्य नेपालीहरूको तर्फबाट एक खुल्लापत्र !

सम्माननीय प्रधानमन्त्री बालेन शाहज्यू,
सात समुद्रपारिको देश जापानबाट सादर नमस्कार ।
म यो पत्र घरिघरि प्राकृतिक भूकम्प र नियममा भूकम्प गईरहने समुद्रपारिको देश जापानको एक सानो कोठाबाट लेखिरहकी छु, तर मेरो मन सँधैं हिमाल, पहाड र तराईले सजिएको मेरो आफ्नै देश नेपालमै छ । म मात्र होइन, यहाँ हजारौं नेपाली युवाहरू छन् जसले आफ्नो परिवार, गाउँघर, धर्म सँस्कृति र मातृभूमिको माया मनभित्र राखेर परदेशको कठोर जीवन बिताइरहेका छन् ।

प्रधानमन्त्री ज्यू,
सर्बप्रथम त तपाईको ऐतिहासिक जित र ऐतिहासिक प्रधानमन्त्री बन्नुभएकोमा धेरै धेरै शुभकामना ब्यक्त गर्दछु ।  हामीमध्ये धेरैले देशमै केही गर्ने सपना बोकेका थियौं । आफ्नो परिवारसँगै बसेर, आफ्नै गाउँमा पसिना बगाएर, आफ्नो देश बनाउने चाहना थियो । तर देशको अस्थिर राजनीतिका कारण अवसर खोज्न भनु या आफ्नो र परिवारको रोजीरोटीको लागि हामीलाई घर छोड्न बाध्य बनायो । आमाबुवाको आँखामा आँशु थियो, गाउँका खोला नाला, बाटाहरू सम्झनाले भरिएका थिए, तर भविष्यको आशाले हामी विमान चढेर हजारौं किलोमिटर टाढा आयौं ।

यहाँ हामी दिनरात कडा परिश्रम गर्छौ। कहिलेकाँहीँ थकाइले शरीर मात्र होइन, मन पनि भारी हुन्छ । चाडपर्व आउँदा गाउँको सम्झना झन् गहिरो हुन्छ । तीजमा दर खाने दिन भन्दै माईती आगनमा गएर नाच्न पाईदैन, दशैंमा टीका लगाउन आमाको हात हुँदैन । मोबाइलको पर्दामै सीमित भएको त्यो परिवार देख्दा मन भक्कानिन्छ ।

प्रधानमन्त्रीज्यू,
हामी देश छोडेर हिँडेका मानिस होइनौं, परिस्थितिले देश छोड्न बाध्य बनाएका नागरिक हौं । विदेशमा बसेर पनि हामीले कमाएको पसिनाको ठूलो हिस्सा रेमिट्यान्सका रूपमा नेपाल पठाइरहेका छौं, जसले देशको अर्थतन्त्र चलिरहेको छ । तर हाम्रो मनको गहिरो चाहना एउटै छ, कुनै दिन आफ्नै देश फर्केर सम्मानका साथ जीवन बिताउने ।

प्रधानमन्त्री ज्यू,
हामी यहाँ जापानमा रोजगारीका लागि आएको बिसौं बर्ष भइसकेको छ । जीवनयापनका लागि केही हदसम्म सहज भए पनि हाम्रो सबैभन्दा ठूलो चिन्ता भनेको हाम्रो बच्चाको भविष्य र शिक्षासँग जोडिएको छ । भाषा फरक, सँस्कृति फरक र आफ्नोपनको अभावले गर्दा हाम्रो बच्चाले दैनिक रूपमा अनेकौं कठिनाइहरूको सामना गरिरहेका छन् !

हाम्रा बच्चाहरुले स्कुलमा पढाएको बुझन संघर्ष गरिरहेका छन् । उनीहरुलाई साथीहरूसँग घुलमिल हुन गाह्रो भइरहेको छ । कहिलेकाँहीँ उनीहरुले आफ्नो मनको कुरा खुलेर व्यक्त गर्न पनि सक्दैनन् । हामी अभिभावकको रूपमा उसको त्यो पीडा देख्दा असहृय महसुस गर्र्छौं । हामीलाई थाहा छ, देश छोडेर बाहिर आउनु हाम्रो आफ्नै निर्णय थियो । तर अब हामीलाई लागिरहेको छ कि हाम्रो बच्चाको उज्ज्वल भविष्यका लागि हामीले फेरि आफ्नै मातृभूमि फर्कनुपर्छ । जहाँ उसले आफ्नै भाषा, आफ्नै सँस्कृति र आफ्नै परिवेशमा खुलेर सिक्न र बढ्न सक्छ । प्रधानमन्त्रीज्यू, हामी जस्तै धेरै नेपाली परिवारहरू विदेशमा यस्तै द्विविधामा छन् । यदि हाम्रो देशमा गुणस्तरीय शिक्षा, अवसर र सुरक्षित भविष्यको सुनिश्चितता अझ मजबुत हुने हो भने, हामी जस्ता हजारौं परिवार खुशी खुशीसाथ स्वदेश फर्किन तयार छौं ।

प्रधानमन्त्री ज्यू
जापान बसेर विविध कठिनाईको बाबजुद (भाषा, कानूनी अनविज्ञ) पनि सहज बातावरणमा रेस्टुरेन्ट व्यवसाय गरेर १०, १२ जनालाई रोजगारी दिईरहेकै छु । यस्तै सहज बातावरणमा म आफ्नै देशमा व्यावसाय गरेर १०, १२ जनालाई रोजगारी दिन चाहान्छु र यहाँ तिर्ने कर आफ्नै देशमा तिरेर देशको विकासमा सहयोग गर्न चाहन्छु ।

प्रधानमन्त्री ज्यू
रेस्टुरेन्टमा सर्भिस गर्ने क्रममा परिवारहरुको साथमा आएकी एक जना ४ बर्षको बालिकाले मलाई प्रश्न गरिन्, तपाई विदेशी नागरिक होईन ? मैले भने हजुर हो ! अनि तिनी नानी ले प्रश्न गरिन् – किन विदेशमा वस्नु भएको ? म अक्क न बक्क भएँ मैले उत्तर दिन सकिन र भावुकता संगै सोच्न बाध्य बनायो । त्यसपछि नानीको बाबाआमासंग कुराकानी चल्यो ए तपाई नेपाली हो ? नेपाल कस्तो छ ? नेपाल कहाँनिर हो ? नेपालको प्रख्यात ठाउँको नाम के हो ? भन्दै सोध्नुभयो अनि मैले जवाफ दिएँ – नेपाल सगरमाथाको देश हो नेपाल गौतम बुद्दको देश हो नेपाल कृतिम भन्दा पनि प्राकृतिक स्रोतले धनी देश हो त्यसपछि उहाले गुगल सर्च गर्दै हेर्नुभयो र भन्नुभयो- ‘सगरमाथा त चाईनामा पो रहेछ, नेपालबाट नजिकचाँही रहेछ, नेपालभित्र चाहि होईन रहेछ भन्नुभयो र देखाउनु भयो अनि बुध्द इन्डियामा पो जन्मेको रहेछन भनेर भन्नुभयो’- म झसंग भएँ ! मन पोल्यो यो कसलाई सुनाउँ, को संग पोख्यो भने सामाधान हुन्छ थाहा पाउन सकिन ! माननीय सोविता गौतम जापान भ्रमणमा आउनुहुंदा जानाकारी स्वरुप संसद भवनमा सुनाईदिनु होला महत्वपूर्ण छ भनेर हस्तान्तरण गरेकी थिएं । म एक्लैको अभियानमा रविजीको लागि हस्ताक्षर संकलन गरेको पेपरहरु पनि थियो ।

प्रधानमन्त्रीज्यू
फेरि मेरो रेस्टुरेन्टमा अर्को २ जना विदेशी नागरिकसंग भेट भयो, र कुराकानी भयो । अनि उहाँले भन्नुभयो – ‘गुगल सर्च गरेर बालेन शाहको फोटो देखाउदै जभ धष्िि दभ ागतगचभ उचimभ mष्लष्कतभच am क्ष् चष्नजत- ज्यउभ कय धष्िि दभ खभचथ नययम दगत व्बउबल ष्क खभचथ दबम लयध भन्दै धेरै नै कुरा भयो ! मोबाईलको स्क्रिन देखाउदै यो एभरेष्टको फोटो होईन मलाई एकदमै मन पर्छ भन्नुभयो । हामीहरु मोबाईलको स्क्रिनमा अगाडि देखिने गरेर आफ्ना श्रीमान श्रीमती छोरा छोरी बाबा आमाको फोटो राख्छौ तर एउटा विदेशी नागरिकले नेपालको एभेरेस्टलाई सजाएको देख्दा गर्वले छात्ती फुल्यो ।

प्रधानमन्त्रीज्यू
तसर्थ हाम्रो देशलाई विश्वका साधरण नागरिकले त यसरी नियालिरहेका छन् भने ठूला ठूला राजनितिज्ञहरुले कसरी नियालेका होलान् ! यसलाई ख्याल गरेर संयमित भएर पाईला पाईलामा ख्याल गरेर पार्टी सभापति रवी लामिछाने ज्यू र प्रधानमन्त्री बालेन शाहको जोडी महजोडी जस्तै बनेर पार्टीभित्र एकढिक्का भएर अगाडि बढ्न म विनम्रतापूर्वक अनुरोध गर्दछु । बालेन र रवी आयो भने देश बेच्छ बालेन रबी विदेशी दलाल हो भन्ने हरुका अगाडि अहिलेसम्म नेपालबाट बेचिएका लिपुलेक लिम्पियधुरा लगायतका भूभाग नदिनाला सबै आफ्नो बनाई तिनिहरुको सोच गलत सावित गरिदिनुहोस ! पुर्खाले विदेशी हस्तक्षेपबाट जोगाएर वीर गोर्खाली भनेर चिनिएको नेपाल र हामी नेपाली अब हाम्रो सगरमाथा चिनमा पार्ने गुगललाई कार्बाही गरी विश्वमा आफ्नो पावर देखाईदिनुहोस !

प्रधानमन्त्री ज्यू,
हामी चाहन्छौं कि नेपालमा यस्तो वातावरण बनोस् जहाँ युवाहरूले आफ्नो भविष्य देख्न सकून् । जहाँ रोजगारीका अवसर होस्, सहज बातावरणमा आफ्नै व्यावसाय गर्ने बातावरण बनोस । ठूलालाई चैन सानालाई ऐन बाट मुक्ति मिलोस्, उद्योगधन्दा बढून्, सुशासन होस भ्रष्टाचार नियन्त्रण होस्, शिक्षा र स्वास्थ्य प्रणालीको सुधार होस साथै विदेशमा रहेका नेपालीहरुको सीप, अनुभव र लगानीलाई देश विकासमा प्रयोग गर्ने स्पष्ट योजना बनाईयोस र मेहनत गर्ने युबाहरूले आफ्नो देशमै सम्मान पाउन सकून् । जहाँ अर्को पुस्ताले आमाको आँशु देखेर देश छोड्न नपरोस् । भविष्य खोज्न विदेश होइन, आफ्नै देश रोजून् । विदेश घुम्न जादा नेपाली हुँ भनेर गर्व गर्न सकुँ !

प्रधानमन्त्रीज्यू,
हामी छोरी चेली जसरी यहाँ विदेशमा सुरक्षितकासाथ जहाँ-जतिबेला पनि एक्लै यात्रा गर्न सक्छौ। त्यस्तै मेरो देशमा पनि यस्तै सुरक्षित भएर आफ्नो गन्तव्यसम्म पुग्न सकुँ र आफ्नो काम विना दकस सम्पन्न गर्न सकुँ । हामीलाई विदेशको पैसा र सुरक्षा मात्र होइन, आफ्नो देशको माटो चाहिन्छ । हामीलाई चम्किलो शहर होइन, आफ्नै गाउँको बाटो प्रिय छ । कृपया यस्तो नेपाल बनाइदिनुहोस् जहाँ भविष्यको खोजीमा कसैले आफ्नो देश छोडेर पलायन हुन नपरोस् ।हामी परदेशमा बसेका लाखौं नेपालीहरूको यही सानो तर गहिरो आशा छ ।
धन्यवाद ।
भवदीय,
विदेश (जापान) बस्न बाध्य एक नेपाली
कमला लम्साल काप्री

तपाईको प्रतिक्रिया