Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

काठमाडौं – जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा पक्राउ परेका पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक दुवैलाई प्रहरीले १३ दिनपछि हिरासत मुक्त गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार सरकारी वकिल कार्यालयको निर्णय र सर्वोच्च अदालतको आदेशपछि दुवैलाई शर्तसहित रिहा गरिएको हो ।

पूर्वप्रधानमन्त्री ओलीलाई उनको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै त्रिवि शिक्षण अस्पतालमै परिवारको जिम्मा लगाइएको छ। उनको आगामी सोमबार शल्यक्रिया गर्ने तयारी रहेको र त्यस दिनसम्म अस्पतालमै रहने जनाइएको छ । उनलाई चैत १४ गते गुण्डु निवासबाट पक्राउ गरिएको थियो ।

त्यसैगरी, पूर्वगृहमन्त्री लेखकलाई पनि परिवारको जिम्मा लगाएर हाजिरी जमानीमा रिहा गरिएको हो । उनलाई जेनजी आन्दोलनको घटनामा ज्यान सम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको थियो । उनी नेपाल प्रहरीको महाराजगन्जस्थित दुई नम्बर गणमा राखिएका थिए ।

यस प्रकरणमा गौरी बहादुर कार्की आयोगको सिफारिसपछि दुवैलाई पक्राउ गरिएको थियो ।

यसअघि सर्वोच्च अदालतले चैत २३ गते बेलुका दुवै नेतामाथिको अनुसन्धान चैत २६ भित्र टुंग्याउन आदेश दिएको थियो। तोकिएको समयमा अनुसन्धान पूरा नभए शर्तसहित रिहा गर्न पनि अदालतले निर्देशन दिएको थियो ।

ओलीको रिहाइपछि उनलाई लिन उनकी पत्नी राधिका शाक्य त्रिवि शिक्षण अस्पताल पुगेकी थिइन् ।

प्रहरीका अनुसार दुवै नेतामाथिको बाँकी कानुनी प्रक्रिया भने जारी रहनेछ ।

तपाईको प्रतिक्रिया