Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले सार्वजनिक यातायात तथा मालवाहक सवारीको भाडा बढाउने निर्णय गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सहमतिमा यातायात व्यवस्था विभागले नयाँ भाडादर लागू गर्ने तयारी गरेको हो।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार सार्वजनिक सवारीको भाडा कम्तीमा १६.७१ प्रतिशतले बढाइएको छ। त्यस्तै मालवाहक सवारीतर्फ पनि समग्रमा समान दरमा वृद्धि गरिएको छ। पहाडी क्षेत्रमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २१.६८ प्रतिशतले बढ्दा तराईमा भने १५.७५ प्रतिशतले वृद्धि गरिएको जनाइएको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेपछि व्यवसायीहरूले लामो समयदेखि भाडा समायोजनको माग गर्दै आएका थिए। सोही दबाबपछि सरकारले भाडा बढाउने निर्णय गरेको हो।

नयाँ भाडादरको विस्तृत जानकारी विभागले सार्वजनिक गर्ने तयारी गरेको छ। भाडा वृद्धिसँगै दैनिक उपभोग्य वस्तुको मूल्य बढ्ने र यात्रुहरूलाई थप आर्थिक भार पर्ने देखिएको छ।

तपाईको प्रतिक्रिया