समाचार सुन्नुहोस :
काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले सहकारी ठगी गर्नेहरूलाई कुनै हालतमा उन्मुक्ति दिन नहुने बताएकी छिन्। बिहीबार प्रधानमन्त्री कार्यालयमा मन्त्री, सचिव, सहकारी समस्या समाधान आयोग, सहकारी नियमन प्राधिकरण र सहकारी पीडित संरक्षण महासंघका प्रतिनिधिहरूसँग भएको छलफलमा उनले यस्तो बताएकी हुन्।
छलफलका क्रममा प्रधानमन्त्री कार्कीले सहकारी ठगलाई अहिलेको सरकारलेनै कारवाही गर्ने प्रतिबद्धता जनाइन्। उनले थपिन्, “यदि यो सरकारले पनि सहकारी समस्या समाधान गर्न सकेन भने अरु कसैले गर्न सक्दैन।”
प्रधानमन्त्रीले विद्यमान कानुनले कारवाहीमा बाधा पुर्याए संशोधन गरेर भए पनि सुधार र कारवाही प्रक्रिया अघि बढाइने बताइन्। उनले घरजग्गा लिलाम गरेर भए पनि पीडितको बचत फिर्ता गर्नुपर्नेमा जोड दिइन्।








