Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – पूर्वसभामुख कृष्णबहादुर महरालाई सुन तस्करी आरोपमा पुर्पक्षका लागि थुनामा पठाइएको छ। बुधबार जिल्ला अदालत काठमाडौंको इजलासले महराविरुद्धको थुनछेक बहसपछि उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

अदालतमा पेस भएका प्रारम्भिक प्रमाण र अनुसन्धान प्रतिवेदन अनुसार, महराको चिनियाँ व्यापारी दावजिन वाङसँग लगातार सम्पर्क रहेको र उनीहरूबीच पारिवारिक तथा व्यावसायिक सम्बन्ध रहेको देखिएको छ। दुवैको मिलेमतोमा इ–सिगरेटमार्फत सुन तस्करी गरिएको आरोप लगाइएको छ।

महराविरुद्ध मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ का दफा ६७ र ८० बमोजिम मुद्दा दायर गरिएको थियो। अदालतको आदेशपछि महरालाई सुन्धारा कारागारमा पठाइएको छ।

 

 

तपाईको प्रतिक्रिया