Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – एमालेको अध्यक्ष केपी शर्मा ओलीले एमाले सधैँका लागि सरकारबाट हट्यो भन्ने भ्रम नपाल्न आग्रह गरेका छन् । ललितपुरको भनिमण्डलमा बसेको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले एमाले देशभक्तिपूर्ण र सामाजिक आन्दोलनको नेतृत्व गर्दै आएको पार्टी भएको दाबी गरे। ओलीले पार्टीभित्र आफैंविरुद्ध खुट्टा तान्ने र असफल बनाउने प्रयास भइरहेको बताएका छन्। तर कसले र कहिले यस्तो काम गर्‍यो भन्ने विषयमा भने उनले खुलाएनन्।

उनका अनुसार संविधान बनेपछि एमाले नेतृत्वको सरकारले तराई–मधेशमा हुलाकी राजमार्ग र उत्तरतर्फ बेनी–जोमसोम–कोरोला नाकाको निर्माण सुरु गरेको थियो। तर यस्ता काम गरिरहेकै बेला पार्टीभित्रकै केही व्यक्तिले सरकार हटाउन भूमिका खेलेको उनले आरोप लगाए। ओलीले भने, “पार्टीमा एकताको भावना कहिल्यै देखिएन, सधैं खुट्टा तान्ने प्रवृत्ति रह्यो।”

उनले अघिल्ला वर्षहरू सम्झिँदै, एमालेलाई अनुचित ढंगले सरकारबाट हटाइए पनि तीन वर्षपछि फेरि सत्तामा फर्किएको उल्लेख गरे। त्यो कुराले प्रतिक्रियावादी शक्तिहरूलाई नपचेकाले अहिले पनि बाधा पुर्‍याउने प्रयास भइरहेको उनको भनाइ थियो। जेन–जी आन्दोलनपछि ओली पहिलो पटक निवासबाट बाहिर निस्किएर बैठकमा सहभागी भएका हुन्। उनले उक्त बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्।

केन्द्रीय सचिवालयले मंसिरको अन्तिम सातामा ११औँ महाधिवेशन गर्ने प्रस्ताव राखेको छ, जसलाई बैठकले अनुमोदन गर्ने अपेक्षा गरिएको छ। एमालेमा नेतृत्व हस्तान्तरणको माग भइरहे पनि ओलीले त्यसबारे कुनै संकेत गरेका छैनन्। उनले आफ्नो प्रतिवेदनमा जेन–जी आन्दोलन, महाधिवेशन तयारी र प्रतिनिधिसभा विघटनपछि फागुन २१ मा घोषणा गरिएको निर्वाचनसम्बन्धी प्रस्तावसमेत राख्ने जनाइएको छ। यसअघि भक्तपुरमा आयोजित कार्यक्रममा ओलीले सुशील कार्की नेतृत्वको सरकार नेपाली जनताको प्रतिनिधि नभएको आरोप समेत लगाएका थिए।

 

तपाईको प्रतिक्रिया