समाचार सुन्नुहोस :
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालबीच भेटवार्ता भएको छ। अध्यक्ष दाहाल विश्वभरका सांसदहरूको संस्था **अन्तर व्यवस्थापिका संघ (आईपीयू)**को १५१औँ सम्मेलनमा सहभागी हुन यही असोज ३१ गते जेनेभा प्रस्थान गर्न लागेका हुन्।
दाहालले सम्मेलनमा सहभागिताबारे जानकारी गराउन राष्ट्रपति पौडेललाई भेटेका हुन्। उनको टोलीमा राष्ट्रिय सभाका एक सदस्य र चार जना कर्मचारी गरी पाँच जना सहभागी हुने छन्।
यसअघि आइतबार दाहालले प्रधानमन्त्री सुशीला कार्कीसँग पनि आईपीयू सम्मेलनमा उठाउने विषयबारे छलफल गरेका थिए। सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री कार्कीले नेपालका ताजा राजनीतिक अवस्थाबारे अन्तर्राष्ट्रिय मञ्चमा स्पष्ट धारणा राख्न सुझाव दिएकी थिइन्।
राष्ट्रपति पौडेलसँगको भेटमा राष्ट्रिय सभाको आगामी निर्वाचनबारे पनि छलफल भएको शीतल निवास स्रोतले जनाएको छ।








