Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। अघिल्लो दिन रेकर्ड बनाएको सुनको मूल्य आज पुनः बढ्दै ऐतिहासिक स्तरमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४०० रुपैयाँले बढेर २ लाख ४८ हजार ९०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुनको मूल्य तोलामा २ लाख ४८ हजार ५०० रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्य भने घटेको छ। आज चाँदी तोलामा ८५ रुपैयाँले घटेर ३ हजार २४० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदीको मूल्य ३ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो।

तपाईको प्रतिक्रिया