Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – मधेश प्रदेशमा मुख्यमन्त्री सतिशकुमार सिंहको राजीनामापछि नयाँ सरकार गठनको प्रयास तीव्र बनेको छ। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज साँझ ४ बजेसम्म राजनीतिक दलहरूलाई नयाँ सरकार गठनका लागि दाबी पेश गर्न समय दिएकी छन्।

२२ असोजमा नेपाली कांग्रेसले एमाले र जनमत पार्टीको समर्थनमा सरकार गठनको दाबी गरे पनि सिंहले त्यतिबेला राजीनामा नदिँदा दाबी दर्ता भएको थिएन। अब राजीनामापछि पुनः कांग्रेस नेतृत्वमा सरकार बनाउने प्रयास भइरहेको छ। तर जनमत पार्टी अहिले कांग्रेस–एमाले गठबन्धन र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दुवैसँग बार्गेनिङमा छ।

लोसपाका अध्यक्ष महन्थ ठाकुरले जसपा, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमतलाई साथ लिएर नयाँ सत्ता समीकरण बनाउन सक्रिय छन्। गएराति यी पाँच दलबीच लोसपा नेतृत्वमा सरकार बनाउने सहमति भएको बताइए पनि जनमतको अन्तिम निर्णय स्पष्ट छैन। यसबीच जनमतभित्र विभाजनको संकेत पनि देखिएको छ। उपाध्यक्ष दीपक साहले नयाँ ‘जनस्वराज पार्टी’ गठन गरी आयोगबाट मान्यता पाइसकेका छन्।

कांग्रेस र लोसपा दुवै पक्षले जनमतलाई साथमा लिन प्रयास गरिरहेका छन्। जनमतको निर्णय नै अब मधेशमा नयाँ सरकार कसको नेतृत्वमा बन्ने भन्ने निर्णायक हुने देखिएको छ।

तपाईको प्रतिक्रिया