Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तीन प्रमुख दलका शीर्ष नेताहरूलाई बिदाइ गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्। आइतबार सामाजिक सञ्जालमा भिडियोमार्फत उनले नयाँ राजनीतिक संवादको वातावरण सुरु गर्नुपर्नेमा जोड दिएका हुन्।

‘तीन दलका तीन प्रमुख नेतालाई बिदाइ गरौं, नयाँ संवादको वातावरण सुरु गरौं,’ थापाले भने। थापा पार्टीमा महाधिवेशनको माग गर्दै निरन्तर सक्रिय छन्। उनले पुराना नेताहरूले अब जिम्मेवारी हस्तान्तरण गर्नुपर्ने उल्लेख गर्दै एमाले र माओवादीका कार्यकर्तालाई पनि आफ्ना शीर्ष नेतालाई पदबाट हटाउन आग्रह गर्न सुझाव दिएका छन्।

‘म एमाले र माओवादीका साथीहरूलाई पनि भन्न चाहन्छु, अब आफ्ना तीनै नेताहरूलाई प्रष्ट भन्नुपर्छ— नो मोर,’ उनले भने। थापाले नेतृत्व परिवर्तनले मात्र सबै समस्या समाधान नहुने बताए। साथै, आफूहरू पनि अनुपयुक्त ठहरिए छाड्न तयार रहेको बताएका छन्।

 

 

तपाईको प्रतिक्रिया