Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – इजरायलले हमासद्वारा अपहरण गरिएका नेपालका विपिन जोशीसहित २२ जना बन्धक अझै जीवित रहेको विश्वास व्यक्त गरेको छ। वासिङ्टन पोस्ट र एपी (एसोसिएटेड प्रेस) ले प्रकाशित गरेको समाचारअनुसार, इजरायलले यी २२ जनामध्ये विपिन पनि सुरक्षित रहेको ठानेको छ। उक्त समाचारमा सबै बन्दीहरूको संक्षिप्त विवरण पनि समावेश गरिएको छ।

तेल अभिभस्थित एपीकी पत्रकार मेलानी लिडम्यानले सहकर्मी स्याम मेट्जसँग मिलेर तयार पारेको रिपोर्टमा २४ वर्षीय विपिनबारे पनि इजरायली पक्षका केही प्रमाणहरू प्रस्तुत गरिएको छ। यसअघि हमासले सार्वजनिक गरेको बन्दीहरूको सूचीमा पनि विपिनको फोटो समावेश गरिएको थियो। गाजामा पछिल्लो युद्धविराम शुक्रबारदेखि लागू भएको छ। यो युद्धविराम करिब दुई वर्ष लामो विनाशकारी द्वन्द्व अन्त्यतर्फको ठूलो कदम मानिएको छ। ७ अक्टोबर २०२३ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि सुरु भएको युद्धमा करिब १,२०० जना मारिएका थिए र २५१ जना अपहरणमा परेका थिए।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार, इजरायली आक्रमणमा हालसम्म ६७ हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन्, जसमा आधा महिला र बालबालिका छन्। करिब २० लाख जनसंख्या भएको गाजामा ९० प्रतिशतभन्दा बढी मानिस विस्थापित भएका छन्। संयुक्त राष्ट्रसंघ र स्वतन्त्र निकायहरूले पनि यी तथ्याङ्कलाई भरपर्दो मानेका छन्। हाल गाजामा ४८ जना बन्धकहरू रहेका छन्, जसमा अघिल्लो युद्धमा मारिएका एक सैनिकको शव पनि समावेश छ। इजरायलले कम्तीमा २५ बन्धकको मृत्यु पुष्टि गरेको छ। बाँकी करिब २० जनामध्ये कति जीवित छन् भन्ने निश्चित छैन। इजरायली स्रोतका अनुसार, तीमध्ये एक महिला बन्दी मारिएकी छन्।

शुक्रबार सुरु भएको युद्धविराम अनुसार, बाँकी बन्धकहरूलाई ७२ घण्टाभित्र फिर्ता गरिने र यसको सट्टामा इजरायलले २,००० प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्ने सम्झौता भएको छ। सम्झौता अनुसार सोमबार दिउँसो १२ बजे (नेपाली समय अपराह्न २:४५) भित्र विपिनसहित ४८ जनालाई रिहा गरिसक्नुपर्ने उल्लेख छ। तर हमासले सो अवधिभित्र सबै बन्धकहरू फिर्ता गर्न नसकिने भन्दै थप समय मागेको छ। अहिलेसम्म हमासले जीवित बन्दीहरूको आधिकारिक सूची सार्वजनिक गरेको छैन। आज विपिन जोशी अपहरणमा परेको ३३७ दिन पुगेको छ।

 

 

तपाईको प्रतिक्रिया