Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आउने सामानमा पहिल्यै लागिरहेको ३० प्रतिशत शुल्कका साथै थप १०० प्रतिशत शुल्क लगाउने घोषणा गरेका छन्। नोभेम्बर १ वा सोभन्दा अघि लागू हुने भनिएको यो निर्णयले महिनौँदेखिको व्यापार शान्तिमा पुनः तनाव ल्याएको छ।

ट्रम्पले शुक्रबार दिउँसो आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेख्दै भने, “संयुक्त राज्य अमेरिकाले चीनमाथि उनीहरूले अहिले तिरिरहेको शुल्कका अतिरिक्त १०० प्रतिशत शुल्क लगाउनेछ।” उनले नोभेम्बर १ देखि सबै प्रमुख सफ्टवेयरमा निर्यात नियन्त्रण लागू हुने पनि बताए।

ट्रम्पको यो कदम चीनले इलेक्ट्रोनिक्स उत्पादनका लागि आवश्यक दुर्लभ सामग्रीहरूको निर्यात नियन्त्रण गर्ने तयारीसँग जोडिएको मानिन्छ। यस घोषणापछि ट्रम्पले यस महिनाको अन्त्यमा दक्षिण कोरियामा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग हुने भनिएको भेट पनि रद्द गरेका छन्।

उनको ‘भारी शुल्क’ सम्बन्धी चेतावनीले लगानी बजारमा नकारात्मक प्रभाव पारेको छ। चिनियाँ सामानमा शुल्क १४५ प्रतिशतसम्म पुगेको अवस्थाको पुनरावृत्ति हुने डरले शुक्रबार बजार तीव्र रूपमा घटेको बताइन्छ।

अमेरिका र चीन विश्वका दुई सबैभन्दा ठूला अर्थतन्त्र हुन्। अमेरिका चीनबाट अर्बौँ डलरका वस्तु आयात गर्छ भने चीन पनि अमेरिकाका लागि प्रमुख निर्यात बजारमध्ये एक हो।

तपाईको प्रतिक्रिया