टोकियो – जापानको टोकियोमा बस्दै आएका सुदूरपश्चिम प्रदेश, बझाङ जिल्ला चैनपुरका ३८ वर्षीय अर्जुनबाबु सुवर्णकार सम्पर्कविहीन भएका छन् । गत अक्टोबर ७ तारिख (मंगलबार) नेपाल समय अनुसार करिब १२ बजे अन्तिम पटक श्रीमतीलाई फोन गरेर ‘८ तारिखमा मेरो फ्लाइट छ, म नेपाल आउँदैछु’ भनेका सुवर्णकार त्यसयता परिवारको सम्पर्कमा छैनन् ।
परिवारकार अनुसार सुवर्णकार शारीरिक रूपमा केही अस्वस्थ (स्वास्थ्य कमजोर) थिए । सुदूरपश्चिमेली नेपाली समाज जापान र गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले सुवर्णकारको खोजी कार्यमा सहयोगका लागि सबै महानुभावहरूलाई विनम्र अनुरोध गरेको छ । सुवर्णकारको बारेमा कुनै जानकारी भएमा तत्काल तलका नम्बरहरूमा सम्पर्क गर्न आग्रह गरिएको छ ।
सम्पर्क नम्बरहरू:
-
नेपाल: ९७६५९६९१४५
-
जापान: ०९०१२१९६५३४
जापानबाट नेपाल फर्किने क्रममा उनी कसरी बेपत्ता भए भन्नेबारे अहिले कुनै जानकारी प्राप्त भएको छैन। यो घटनाले जापानमा रहेका नेपाली समुदायमा पनि चासो र चिन्ता बढाएको छ ।
</








