Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पक्राउ गर्न दबाब आएको भन्दै आफूले राजीनामा दिन्छु भनेको खबर असत्य भएको बताएका छन्। प्रहरी प्रवक्ता विनोद घिमिरेले शुक्रबार विज्ञप्ति जारी गर्दै यस विषयमा भइरहेको प्रचारमा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन्।

विज्ञप्तिमा उल्लेख गरिएको छ कि प्रधानमन्त्री र गृहमन्त्रीलाई देशको समग्र सुरक्षा अवस्थाबारे मात्र जानकारी (ब्रिफिङ) दिइएको हो। त्यसबाहेक अन्य कुरा नभएको स्पष्ट गरिएको छ।

 
 

तपाईको प्रतिक्रिया