समाचार सुन्नुहोस :
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ४ बजे सर्वदलीय बैठक बोलाएका छन्। चुनावको कार्यतालिका सार्वजनिक भइसके पनि सरकार र राजनीतिक दलबीच संवाद नहुँदा राष्ट्रपति पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित सबै दलका शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ।
यसअघि बिहीबार राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता भएको थियो। सो भेटमा राष्ट्रपतिले आगामी निर्वाचनका लागि आवश्यक राजनीतिक वातावरण बनाउन सरकारलाई सुझाव दिएका थिए।
प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगले तयारी तीव्र रूपमा अघि बढाइरहेको र सरकारले पनि पूर्वाधार र व्यवस्थापनमा आवश्यक काम गरिरहेको जानकारी राष्ट्रपतिलाई गराएकी थिइन्।
प्रकाशित मिति: शुक्रबार अशोज २४, २०८२
प्रकाशित समय: १५:०२:३०








