समाचार सुन्नुहोस :
काठमाडौँ – पाँच दिनदेखि लगातार बढ्दै नयाँ रेकर्ड बनाउँदै आएको सुनको मूल्य आज अचानक घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य तोलामा ४ हजार २०० रुपैयाँले घटेर २ लाख ३५ हजार रुपैयाँमा पुगेको छ। बिहीबार यो मूल्य २ लाख ३९ हजार २०० रुपैयाँ थियो, जुन हालसम्मकै उच्च दर थियो।
चाँदीको मूल्य भने आज पनि बढेको छ। बिहीबार प्रतितोला ३ हजार २५ रुपैयाँमा बिक्री भएको चाँदी आज ६० रुपैयाँले बढेर ३ हजार ८५ रुपैयाँ पुगेको छ। यो चाँदीको हालसम्मकै सबैभन्दा उच्च मूल्य हो।
गएको आइतबारदेखि बिहीबारसम्म सुन लगातार बढ्दै आएको थियो। आइतबार तोलामा ७ हजार, सोमबार २ हजार ५ सय, मंगलबार २ हजार ३ सय, बुधबार २ हजार ६ सय र बिहीबार १ हजार २ सय रुपैयाँले बढेको थियो।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य ३ हजार ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।








