समाचार सुन्नुहोस :
काठमाडौँ – फिलिपिन्सको मिन्डानाओ क्षेत्र केन्द्रविन्दु बनाएर शुक्रबार बिहान ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि तटीय क्षेत्रमा तीन मिटर अग्लो सुनामी उठ्न सक्ने भन्दै चेतावनी जारी गरिएको छ।
भूकम्पको प्रभाव इन्डोनेशियासम्म पुगेको बताइएको छ। इन्डोनेशियाको उत्तरी सुलावेसी र पापुआ क्षेत्रमा पनि सुनामी आउन सक्ने सम्भावना भन्दै त्यहाँका अधिकारीहरूले सतर्कता अपनाएका छन्।
तटीय क्षेत्रमा बस्ने स्थानीय बासिन्दाहरूलाई उच्च स्थानतर्फ जान र सुरक्षित रहन आग्रह गरिएको छ।








