Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – तुइनखोलामा गएको मुख्य पहिरो बिहीबार राति साढे ९ बजेतिर सफा गरिएको छ । पहिरो हटाउन डिभिजन सडक कार्यालयलाई लगभग ५३ घण्टा लाग्यो । भरतपुर डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले राति ११ बजेदेखि दुबै तर्फका सवारी सञ्चालन भइरहेको जानकारी दिए।

मंगलबार दिउँसो करिब ५ बजे पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको थियो। यसअघि पनि गत शुक्रबार साँझदेखि तुइनखोलामा खसेको पहिरोका कारण सडक ४५ घण्टासम्म बन्द भएको थियो। मंगलबार फेरि ठूलो पहिरो खस्दा बुधबार बिहानदेखि सफाइ कार्य थालिएको हो। पहिरो हटाउन सुरुमा ४ र अन्तिममा ६ वटा मेसिन प्रयोग गरिएको थियो। लगातार पहिरो खस्दा रोकिएका सवारीलाई पार हुन नपाउँदै फेरि बाटो बन्द भएको थियो।

नारायणगढ-मुग्लिन सडक राजधानी काठमाडौं, पोखरा र पूर्व-पश्चिम महेन्द्र राजमार्गलाई जोड्ने प्रमुख मार्ग हो। दिनमा १० हजारभन्दा बढी सवारी चल्ने यो सडक दसैं नजिकिँदै गर्दा लामो समय बन्द हुँदा यात्रुहरूलाई ठूलो पीडा भएको थियो।

तपाईको प्रतिक्रिया