Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री डा. महावीर पुनले आफूलाई अनावश्यक फोन र मेसेज नगर्न आग्रह गरेका छन्। मन्त्रीमा नियुक्त भएदेखि मोबाइल, मेसेन्जर र ह्वाट्सएपमा हजारौं कल र सन्देश आइरहेकाले यस्तो अनुरोध गरेको उनको भनाइ छ। उनले अहिले मन्त्रालयको काम व्यवस्थित बनाउन र नयाँ योजना बनाउन ध्यान केन्द्रित गरिरहेको उल्लेख गर्दै केही दिनका लागि अनावश्यक सम्पर्क नगर्न आग्रह गरेका हुन्। बुधबार उनले भने, “म मन्त्रालयमा सिर्जनशील टिम बनाउन व्यस्त छु। त्यसैले केही दिन फोन र मेसेज नगर्नुहोला।”

मन्त्री पुन हाल केशरमहलस्थित मन्त्रालयमै बस्दै आएका छन्। पदभार ग्रहण गरेकै दिन उनले मन्त्रालयभित्रै बस्ने इच्छा व्यक्त गरेका थिए र सचिवलाई त्यसको व्यवस्था मिलाउन निर्देशन दिएका थिए। सोहीबमोजिम भान्सा र सुत्ने कोठा तयारी भएपछि मंगलबारदेखि उनी मन्त्रालयमै बस्न थालेका हुन्।

‘भुइँमा सुत्ने बानी परेको मान्छेलाई फाइभस्टार होटलजस्तो बसाइको व्यवस्था मिलाइदिएको’ भन्दै उनले मन्त्रालयका कर्मचारीलाई धन्यवाद दिएका छन्।

तपाईको प्रतिक्रिया