Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – मुग्लिन–नारायणगढ सडकखण्डमा पर्ने तुइन खोला नजिक खसेको सुख्खा पहिरो पन्छाउन आज दिनभर लाग्ने भएको छ। सडक डिभिजन कार्यालय भक्तपुरले बुधबार जानकारी दिएको हो। मंगलबार साँझ करिब ४:५० बजे गएको ठुलो पहिरोका कारण सडक पूर्ण रूपमा बन्द भएको छ। पहिरो पन्छाउन अझै समय लाग्ने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न कार्यालयले आग्रह गरेको छ।

वैकल्पिक सडकका लागि तनहुँको खैरेनीटार हुँदै डेढगाउँ जाने बाटो प्रयोग गर्न सकिन्छ। गण्डकी प्रदेश सरकारले गौरवको योजनाअन्तर्गत निर्माण गरिरहेको यो सडक मुस्ताङदेखि तराईसम्म जोड्ने लक्ष्यसहित बनाइँदै छ। यो बाटो साना सवारीसाधनका लागि उपयुक्त छ। त्यसका लागि दमौली–खैरेनीटार हुँदै भीमाद–मानपुर, डेढगाउँ–वुलिङटार–ढोडेनी हुँदै गैँडाकोट पुग्न सकिन्छ। मुग्लिन–खैरेनीटार दूरी ७० किमी, खैरेनीटार–भीमाद कालोपत्र ७ किमी, भीमाद–मानपुर कच्ची सडक ३५ किमी, मानपुर–डेढगाउँ कालोपत्र ४० किमी र डेढगाउँ–नारायणगढ ७० किमी रहेको छ।

आवश्यक जानकारीका लागि जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनाल (९८५५०१३९९९), जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी मदन लामा थिङ (९८५५०९२२००) वा सडक डिभिजन भरतपुरका सूचना अधिकारी कृष्णप्रसाद आचार्य (९८५५०९२२१८) लाई सम्पर्क गर्न सकिने कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया