Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सिंहदरबारमा आगजनी गर्नेहरू देशप्रेमी नभएको बताएका छन्। भक्तपुरको गुण्डुस्थित निवासमा नेता–कार्यकर्तालाई सम्बोधन गर्दै उनले सिंहदरबार जलाउने काम योजनाबद्ध रूपमा भएको दाबी गरे।

ओलीले भने, “सिंहदरबार कसले जलायो? देश र इतिहासलाई माया गर्नेले पक्कै जलाएको होइन। पहिल्यैदेखि ‘सिंहदरबार जलाउँछु’ भन्दै आएका घुसपैठिया तत्वहरूले नै जलाएका हुन्। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रतिर पनि पटक–पटक हमला भइसकेको छ।” उनले सरकारी संरचनामाथि भएको आगजनी सुनियोजित भएको भन्दै कार्यकर्तालाई संयमित रहन आग्रह गरे। “बादल लाग्यो भन्दैमा हट्दैन भन्ने होइन। साँझ पर्‍यो भने भोलि बिहान हुन्छ। उज्यालो पक्कै आउँछ,” ओलीले भने।

जेन–जी आन्दोलनका घटनापछि देश बदनाम भएको भन्दै उनले भिसा नदिने र रोजगारी नपाउने अवस्था सिर्जना भएको बताए। ओलीले भने, “नेपाल इमानदार, कर्मठ र जिम्मेवार मानिसहरूको देश हो। सभ्यताको लामो इतिहास बोकेको यो देशलाई नयाँ पुस्ताले अघि बढाउन सक्छ।” देशले ठूलो क्षति व्यहोरेको भन्दै उनले यस्ता घटना रोक्न नेता–कार्यकर्तालाई संगठित भएर अघि बढ्न निर्देशन दिए।

तपाईको प्रतिक्रिया