समाचार सुन्नुहोस :
काठमाडौँ – जेनजी आन्दोलनका क्रममा भदौ २४ गते राति कास्की कारागारबाट फरार भएका यमबहादुर रोका स्याङ्जामा पक्राउ परेका छन्। कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका स्याङ्जा भीरकोट नगरपालिकाका रोका असोज ६ गते सोमबार आफ्नै घरबाट पक्राउ परेका हुन्।
जिल्ला र वडा प्रहरी कार्यालयको समन्वयमा खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।
प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीका अनुसार, रोकालाई आवश्यक प्रक्रिया पूरा गरी कानुनी कारबाहीका लागि जिल्ला कारागार, स्याङ्जा पठाइएको छ।








