Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

काठमाडौं – नेपालमा नयाँ पुस्ताको आवाज बनेर उदाएको ‘जेनजी’ आन्दोलनलाई नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवादास्पद व्यवसायी दुर्गा प्रसाईंसँग वार्तामा बस्न आग्रह गरेको खुलासा भएको छ ।

प्रधानसेनापतिको यो अप्रत्याशित प्रस्तावले राजनीतिक वृत्त र सामाजिक सञ्जालमा नयाँ बहस सिर्जना गरेको छ । बुधबार मात्र प्रधानसेनापति सिग्देलसँग छलफलमा सहभागी भएकी जेनजी पुस्ताकी प्रतिनिधि रक्षा बमले बिहीबार आफूहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलसँगको भेटपछि सैनिक मुख्यालयमा प्रधानसेनापतिले उक्त प्रस्ताव राखेको जानकारी दिएकी हुन् ।

उनले प्रधानसेनापतिको यो प्रस्तावलाई जेनजी समूहले ठाडै अस्वीकार गरेको पनि स्पष्ट पारेकी छन् । रक्षा बमका अनुसार, प्रधानसेनापति सिग्देलले ‘दुर्गा प्रसाईं र रास्वपा समूह पनि स्टेक होल्डर हुन्, उहाँहरूसँग वार्तामा बस्नुहोस्’ भन्दै आग्रह गरेका थिए । तर, जेनजी आन्दोलनका क्रममा भएको त्याग र बलिदान तथा यसले खोजेको युगान्तकारी परिवर्तनको यात्रा प्रधानसेनापतिको यस्तो प्रस्तावले तुहिने ठहर गर्दै आफूहरूले प्रस्ताव अस्वीकार गरेको बमले बताइन् ।

‘राष्ट्रपतिसँग भेट्न बोलाएर दुर्गा प्रसाईं र रास्वपा समूहसँग वार्तामा बस्नुस्, उहाँहरू पनि स्टेक होल्डर हो भनेर स्वयम् प्रधानसेनापतिले भनिसकेपछि जेनजी आन्दोलनका क्रममा भएको बलिदान र युगान्तकारी परिवर्तनको यात्रा तुहिने भएकाले हामी त्यस प्रस्तावलाई अस्वीकार गर्दै नेपाली सेनाको मुख्यालयबाट बाहिरिएर प्रदर्शनकारी जेनजी समूहसँग छलफलका निम्ति तयारी गरिरहेका छौँ,’ रक्षा बमले भनिन् ।

यो घटनापछि जेनजी आन्दोलनले नयाँ मोड लिने देखिएको छ । प्रधानसेनापतिको यो प्रस्तावले नेपाली सेनाको तटस्थतामाथि प्रश्न उठाउने केहीको भनाइ छ भने, कतिपयले यसलाई शान्तिपूर्ण समाधानको प्रयासका रूपमा पनि हेरेका छन् ।

तपाईको प्रतिक्रिया