समाचार सुन्नुहोस :
काठमाडौँ – बाँकेको बैजनाथ गाउँपालिका–१, नौबस्तास्थित बालसुधार गृहमा मंगलबार राति भएको झडपमा पाँच बन्दीको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन्।
सुरक्षा स्रोतका अनुसार मृतकमध्ये दैलेखका भूपेन्द्र खत्री, बाँकेका समिर थापा, अछामका उमेश विष्ट, कैलालीका जगत देउवा र दाङका दिनेश घर्तीमगर रहेका छन्।
घटना बन्दीहरू भाग्ने प्रयासका क्रममा भएको हो। सुरक्षाकर्मीले नियन्त्रणमा लिन खोज्दा झडप भएको र घाइते भएका केहीलाई भेरी अस्पताल लैजाने क्रममा मृत्यु भएको बताइएको छ।
घाइते दुईजनाको अवस्था गम्भीर छ। केही बन्दी भाग्न सफल भएका छन् भने अरू अझै सुधारगृहभित्रै रहेका छन्। घटनापछि सुधारगृह र भेरी अस्पताल वरिपरि सुरक्षा व्यवस्था कडा पारिएको छ।








