Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

टोकियो – जापानको खानागावा प्रिफेक्चरल प्रहरीले टोकियो नजिकै एक २० वर्षीया युवतीको हत्या हुनुअघि उनले दिएका स्टकिङसम्बन्धी उजुरीहरूलाई गम्भीरताका साथ नलिएको स्वीकार गरेको छ । प्रहरीले ती युवतीलाई पर्याप्त सुरक्षा दिन नसकेको पनि जनाएको छ ।

आन्तरिक छानबिनपछि खानागावा प्रिफेक्चरल प्रहरीले असाही ओकाजाकीको मृत्यु हुनुअघिका महिनाहरूमा प्रहरीको प्रतिक्रियासम्बन्धी विवरण सार्वजनिक गरेको हो । ओकाजाकीको हत्यामा उनका पूर्वप्रेमीमाथि अभियोग लगाइएको छ । ‘हामी युवती र उनको परिवारबाट प्राप्त परामर्शलाई अनुचित तरिकाले सम्हालेकोमा गहिरो माफी चाहन्छौं,’ प्रिफेक्चरल प्रहरी प्रमुख काओरु वाडाले पत्रकार सम्मेलनमा भने ।

उनले पीडितको परिवारसँग प्रत्यक्ष माफी मागेको पनि बताए । प्रिफेक्चरल प्रहरी र राष्ट्रिय प्रहरी एजेन्सीले वाडा र कावासाकीस्थित एक स्थानीय प्रहरी चौकीका प्रमुखसहित यस प्रकरणमा संलग्न ४३ अधिकारीलाई कारबाही गरेको जनाएका छन् । गत डिसेम्बरमा बेपत्ता भएकी ओकाजाकीको शव अप्रिलमा कावासाकीस्थित २८ वर्षीय हिदेयुकी शिराईको घरमा फेला परेको थियो । शिराईलाई हत्या र एन्टी-स्टकिङ ऐन उल्लंघनको आरोपमा पक्राउ गरी अभियोग लगाइएको छ ।

आन्तरिक छानबिन प्रतिवेदनअनुसार, ओकाजाकीले गत वर्ष जुनमा शिराईसँग सम्बन्धमा रहँदा झगडा भएको भन्दै कावासाकीको स्थानीय प्रहरी चौकीमा रिपोर्ट गरेकी थिइन् । अधिकारीहरूले यसलाई घरेलु हिंसाको घटनाको रूपमा वर्गीकरण गरे तर सम्बन्ध समाप्त भएपछि उक्त मामिलालाई छाडेका थिए ।

डिसेम्बरमा, शिराई आफ्नो घर वरिपरि घुमेकोले आफू डराएको भन्दै ओकाजाकीले स्थानीय प्रहरीलाई नौ पटक रिपोर्ट गरेपछि उनी बेपत्ता भएकी थिइन् । प्रतिवेदनमा भनिएको छ, ‘प्रतिक्रिया दिने स्थानीय अधिकारीहरूले खतरा र घटनाको गम्भीरतालाई कम आँकलन गरे ।’

तपाईको प्रतिक्रिया