समाचार सुन्नुहोस :
काठमाडौँ – पछिल्ला पाँच दिनदेखि लगातार बढ्दै आएको सुन–चाँदीको मूल्य भदौ १९ गते बिहीबार स्थिर भएको छ। नेपाली बजारमा दुवै धातुको मूल्य अघिल्लो दिनकै दरमा कायम भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७ हजार ९०० रुपैयाँ तोकिएको छ। बुधबार पनि सोही मूल्यमा कारोबार भएको थियो। अन्तरराष्ट्रिय बजारमा भने बिहीबार सुन प्रतिऔंस तीन हजार ५३२ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
चाँदीको मूल्य पनि स्थिर रहँदै प्रतितोला २ हजार ४८० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ।








