Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – अमेरिकाले अवैध रूपमा प्रवेश गरी त्यहाँको अध्यागमन कानुन उल्लंघन गर्ने ३७ जना नेपालीलाई निष्कासन गरेको छ। उनीहरू बुधबार चार्टर्ड विमानमार्फत काठमाडौं आउने भएका छन्। यसबारे अमेरिकाले नेपाल सरकारलाई जानकारी गराइसकेको छ।

अध्यागमन स्रोतका अनुसार बुधबार दिउँसो साढे २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनीहरूलाई बोकेको अमेरिकी विमान अवतरण गर्नेछ। निष्कासनमा पर्ने अधिकांशको उमेर २६ देखि ३० वर्षबीचको छ। धेरैजसोसँग पक्राउ पर्दा आवश्यक कागजात नभएको जनाइएको छ।

राहदानी नभएकाहरूलाई वासिङटन डिसीस्थित नेपाली दूतावासले यात्रा कागजात उपलब्ध गराएको छ। निष्कासनमा पर्नेहरूमा बस्नेत २ जना, भण्डारी ३ जना, केसी ६ जना, ओली ३ जना रहेका छन्। त्यस्तै, खड्का, कँडेल र चौधरी थरका २–२ जना छन्। अन्य आचार्य, पुन, गौतम, शेर्पा, तामाङ, खत्री, शाह, डाँगी, बोहरा, बुढाथोकीलगायत थरका एक–एक जना पनि सूचीमा परेका छन्।

नियमित जाँचका क्रममा कागजात नभएको कारण उनीहरूलाई पक्राउ गरिएको थियो। पछिल्ला दिनमा अवैध रूपमा अमेरिका प्रवेश गर्ने नेपालीहरू बढेपछि त्यहाँको अध्यागमन निकायले निगरानी कडा पार्दै आएको छ, जसको असरमा धेरै नेपाली निष्कासनमा पर्न थालेका छन्।

तपाईको प्रतिक्रिया