Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

समाचार सुन्नुहोस : 

काठमाडौं : नेपाल राष्ट्र बैंकले दशैँ, तिहारलगायत चाडपर्वलाई लक्षित गर्दै सुकिला नोट साट्ने व्यवस्था मिलाएको छ। राष्ट्र बैंकका अनुसार भदौ २९ देखि असोज १० गतेसम्म सुकिला नोट साट्न सकिनेछ।

मुद्रा व्यवस्थापन विभागका अनुसार थापाथलीस्थित काठमाडौँ बैंकिङ कार्यालय, राष्ट्र बैंकका सात प्रदेश कार्यालय (विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी) तथा देशभरका सबै बैंक र वित्तीय संस्थाका शाखाबाट नोट साट्न सकिनेछ।

चाडपर्वमा विशेष गरी रु ५, १०, २०, ५० र १०० दरका नोटको माग बढी हुने भएकाले राष्ट्र बैंकले मैला नोट संकलन गरी नयाँ नोट बजारमा पठाउँदै आएको छ। आर्थिक वर्ष २०६७/६८ मा सार्वजनिक ‘सफा नोट नीति’ अनुसार प्रयोगमा आएका फाटेका वा पुराना नोट बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैंकलाई बुझाउने र कारोबारमा सफा नोट मात्र चलनचल्तीमा ल्याउने व्यवस्था छ।

राष्ट्र बैंकले नोट छपाइ अन्तर्राष्ट्रिय बोलपत्रमार्फत विदेशमा गराउनुपर्ने भएकाले खर्च धेरै हुने बताउँदै, उपभोक्ताले नोट सफा राख्न आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया