Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौं – सत्तारुढ दल कांग्रेस र एमालेले उपसभामुख इन्दिरा राना मगरविरुद्ध महाभियोगको तयारी गरिरहेका बेला नेपाली कांग्रेसभित्रै गम्भीर मतभेद सतहमा आएको छ । पार्टीको संस्थापन पक्षले हस्ताक्षर संकलन सुरु गरे पनि नेता डा. शेखर कोइराला पक्षले पार्टीभित्र कुनै छलफल नै नगरी अघि बढाइएको भन्दै प्रस्तावमा हस्ताक्षर गर्न अस्वीकार गरेको छ ।

डा. कोइरालाले स्पष्ट कारण र आधारबिना खाली कागजमा हस्ताक्षर गर्न नसकिने अडान लिएपछि उनी पक्षधर सांसदहरूले हस्ताक्षर प्रक्रियामा भाग लिएका छैनन् । ‘अहिलेसम्म मलाई केही खबर आएको छैन, म हस्ताक्षर गर्न गएको पनि छैन । शेखर दाइले पनि नगर्नुभएको मैले बुझेको छु,” कोइराला निकट एक सांसदले भने ।

कोइराला पक्षका नेताहरूको मुख्य गुनासो यति गम्भीर विषयमा पार्टीको केन्द्रीय कार्यसमिति वा संसदीय दलमा कुनै औपचारिक छलफल नै नचलाइनु हो । ‘बाहिर हल्ला सुनेको भरमा पार्टीले निर्णय लिन सक्दैन, यो विषयमा संस्थागत छलफल शून्य छ,’ ती सांसदले भने ।

पछिल्लो समय नेता कोइरालाले सरकारको कार्यशैली र पार्टी नेतृत्वको अपारदर्शी निर्णय प्रक्रियाप्रति निरन्तर प्रश्न उठाउँदै आएका छन् । उनले विधि, प्रक्रिया र पारदर्शिताको मुद्दालाई जोडदार रूपमा उठाउँदै आएका बेला उपसभामुख हटाउने जस्तो महत्त्वपूर्ण विषयमा समेत एकलौटी ढंगले हस्ताक्षर संकलन गरिनुले पार्टीभित्रको आन्तरिक लोकतन्त्र कमजोर भएको कोइराला पक्षको निष्कर्ष छ ।

तपाईको प्रतिक्रिया