समाचार सुन्नुहोस :
काठमाडौँ – गाजामा युद्धविराम र इजरायली बन्धकहरूको रिहाइका लागि आएको नयाँ प्रस्तावमा हमास सहमत भएको छ। प्यालेस्टिनी सशस्त्र समूह हमासले इजिप्ट र कतारमार्फत आएको प्रस्ताव स्वीकार गरेको बीबीसीलाई समूह नजिकको एक स्रोतले पुष्टि गरेको छ।
यो प्रस्ताव अमेरिकी राजदूत स्टिभ विटकफले जुनमा अघि सारेको योजनामाथि आधारित छ। योजना अनुसार सुरुमा ६० दिन युद्धविराम लागू गरिनेछ। त्यसपछि हमासले बाँकी रहेका ५० जना इजरायली बन्धकलाई दुई चरणमा छोड्नेछ। तीमध्ये करिब २० जना जीवित हुने अनुमान गरिएको छ। त्यसपछि स्थायी युद्धविरामबारे वार्ता अघि बढ्ने बताइएको छ।
तर, इजरायलले अझै यसबारे आधिकारिक प्रतिक्रिया दिएको छैन। गत हप्ता इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सबै बन्धकहरूलाई एकैपटक छोडिए मात्र सम्झौता स्वीकार गर्ने बताएका थिए।








