Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – स्पेनले चौथो पटक युरोकपको उपाधि जितेको छ। आइतबार राति भएको फाइनलमा स्पेनले इंग्ल्यान्डलाई २-१ ले पराजित गरेको हो। स्पेनले १२ वर्षपछि उपाधि जितेको हो भने इंग्ल्यान्ड लगातार दोस्रो पटक फाइनलमा पराजित भएको छ।

बर्लिनस्थित ओलम्पिया स्टेडियममा ८६ औं मिनेटमा मिकेल ओयरजावलले निर्णायक गोल गरे। स्पेनका निको विलियम्सले ४७ औं मिनेटमा पहिलो गोल गरेपछि इंग्ल्यान्डका कोले पाल्मरले ७३ औं मिनेटमा बराबरी गोल फर्काएका थिए।

स्पेनले यसअघि सन् १९६४, २००८, र २०१२ मा उपाधि जितेको थियो। इंग्ल्यान्डले पहिलो युरोकप जित्ने लक्ष्य पूरा गर्न सकेन।

 

 

तपाईको प्रतिक्रिया