Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – आयोजक जर्मनीलाई अतिरिक्त समयमा पराजित गर्दै स्पेन युरो कप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । दुई उपाधि दावेदार बीचको खेलमा स्पेनले अतिरिक्त समयमा जर्मनी माथि २-१ को जित हात पारेको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

निर्धारित ९० मिनेट १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयले निर्धारण भएको थियो । अतिरिक्त समयको पनि अन्तिम समयमा स्पेनले विजयी गोल बारेको हो । ११९औं मिनेटमा मिकेल मेरिनोले गोल गर्दा स्पेनलाई अन्तिम चारमा पुर्याएका हुन् । डयानी ओल्मोको क्रसमा हेडर प्रहार गर्दै उनले स्पेनलाई जित दिलाएका हुन् ।

त्यसअघि निर्धारित समयको ५१औं मिनेटमा ड्यानी ओल्मोको गोलमा स्पेनले खेलमा अग्रता लिएको थियो । खेलको आठौ मिनेटमा नै चोटका कारण पेड्री बाहिरिनु परेपछि मैदान प्रवेश गरेका ओल्मोले लामिन यमालको पासमा बक्स भित्रबाट सुन्दर फिनिश गरेका थिए । जर्मनीले बराबरी गोल गर्न अन्तिम समय कुर्नु पर्यो ।

दोस्रो हाफमा मैदान प्रवेश गरेका फ्लोरियन विर्ट्जले बराबरी गोल गर्दै खेल अतिरिक्त समुहमा धकेलेका थिए । जोसुवा किमीचको हेडर पश्चात बक्समा खसेको बलमा उनले गोल गर्न सफल भएका थिए । अब फाइनल प्रवेशका लागि स्पेनले फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ ।

तपाईको प्रतिक्रिया