काठमाडौं – उपाधि दाबेदार ब्राजिलले कोपा अमेरिका २०२४ मा निराशाजनक सुरुवात गरेको छ । अमेरिकाको लस एन्जेलसस्थित सोफाइ रंगशालामा सम्पन्न आफ्नो पहिलो खेलमा कोस्टारिकासँग बराबरी खेलेको हो ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
खेल गोलरहित बराबरीमा टुङ्गिँदा दुवै टोलीले १–१ अंक बाँडेका छन् । ब्राजिलले खेलमा एकपक्षीय आक्रमण गरेपनि गोल भने गर्न सकेन । ब्राजिलले पहिलो हाफमा मार्किन्हसको प्रयासमा बललाई पोस्टभित्र पठाएपनि रेफ्रीले भीएआरको सहयोग लिँदै गोललाई मान्यता दिएनन् । त्यसपछि ब्राजिलले लगातार आक्रमण बुनेपनि गोल गर्न नसक्दा अंक बाँड्न बाध्य भएको हो ।
त्यसअघि सम्पन्न समूह डी’कै खेलमा कोलोम्बियाले पाराग्वेलाई २–१ ले पराजित गरेको छ । यस समूहमा कोलोम्बियाको ३ अंक भएको छ । ब्राजिल र कोस्टारिकाको १–१ अंक तथा पाराग्वे विना अंक पुछारमा छ ।
प्रकाशित मिति: मङ्लबार असार ११, २०८१
प्रकाशित समय: १२:१३:३०