Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – दक्षिण अफ्रिकाले इङल्याण्डलाई पराजित गरेको छ । जारी टी-२० विश्वकप अन्तर्गत सुपर आठको खेलमा दक्षिण अफ्रिकाले इङल्याण्डलाई ७ रनले पराजित गरेको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

दक्षिण अफ्रिकाले दिएको १६३ रनको लक्ष्य पछाएको इङल्याण्डले २० ओभरमा ६ विकेट गुमाउँदै १५६ रन बनाएपछि दक्षिण अफ्रिका ७ रनले विजयी भएको हो ।

यस अघि पहिला ब्याटिङ गर्दै दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाउँदै १६३ रन बनाएको थियो । यो जितपछि दक्षिण अफ्रिकाले सुपर आठमा लगातार दुई खेल जितेको छ र सेमिफाइनल नजिक पुगेको छ ।

यस विश्वकपमा दक्षिण अफ्रिकाको यो लगातार छैटौँ जित हो । इङल्याण्डले भने सुपर आठको दोस्रो खेलमा एक जित र एक हार बेहोरेको छ ।बिहान भएको खेलमा वेष्ट इण्डिजले अमेरिकालाई ९ विकेटले हराएको छ । अमेरिकाले दिएको १२९ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिजले १०.५ ओभरमा १ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो ।

उसका लागि साइ होपले ३९ बलमा ८ छक्का र ४ चौकाको मद्दतमा सर्वाधिक ८२ रनको योगदान गरे । अमेरिकाका लागि हरमीत सिंहले एक विकेट लिए ।

यसअघि ब्राइडटाउनमा टस हारेर पहिले ब्याटिङमा आएको अमेरिकाले १९.५ ओभरमा अलआउट हुँदै १ सय २८ रन जोडेको थियो । अमेरिकाका आन्द्रेस गौसले सर्वाधिक २९ रन बनाउँदा नितिश कुमारले २० रन जोडे । वेष्ट इण्डिजका आन्द्रे रसेल र रोस्टन चेसले ३–३ विकेट लिए भने अल्जारी जोसेफले २ र गुणाकेस मोतीले १ विकेट लिए ।

यो जितसँगै समूह २ मा रहेको वेष्ट इण्डिजले २ खेलबाट २ अंक जोडेको छ । अमेरिका भने अंकविहीन छ ।

तपाईको प्रतिक्रिया