Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – नेपालमा सञ्चालनमा रहेका ४४ सार्वजनिक संस्थानमध्ये २६ वटा संस्थान नाफामा रहेको पाइएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

अर्थ मन्त्रालयले आइतबार संसदमा प्रस्तुत गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा अनुसार आर्थिक वर्ष (आव) २०७९/८० मा २६ संस्थान नाफामा देखिएका छन् । १५ वटा संस्थान घाटामा देखिएका छन् । ३ वटा संस्थानको कारोबार शून्य रहेको छ । संस्थानहरूको कुल सञ्चालन आय ६ खर्ब ६१ अर्ब १ करोड रहेको छ ।

आर्थिक वर्ष २०७८/७९ को तुलनामा सार्वजनिक संस्थानहरूको खुद नाफा समेत वृद्धि भएको छ । यस आवमा संस्थानहरूको खुद नाफा ४८ अर्ब ५१ करोड पुगेको देखिएको छ । यसरी आयको उच्च वृद्धि हुनुमा नेपाल आयल निगम उच्च दरले नाफामा जानु मुख्य कारण मानिएको छ । अघिल्लो वर्ष निगम ३८ अर्ब १७ करोड घाटामा रहेको निगम गत वर्ष भने ११ अर्ब ७२ करोड नाफामा रहेको छ ।

सार्वजनिक संस्थानमा सरकारको कुल लगानी अघिल्लो आवको तुलनामा ८.६२ प्रतिशतले बढेर ६ खर्ब ६१ अर्ब पुगेको छ । संस्थानमा सरकारको ३ खर्ब ७९ अर्ब सेयर लगानी र २ खर्ब ८१ अर्ब ऋण लगानी रहेको छ । सार्वजनिक संस्थानले कुल ३२ हजार १८० जनालाई रोजगारी दिएको पाइएको छ । सार्वजनिक संस्थानहरूको सञ्चित नाफा ६१ अर्ब १४ करोड पुगेको छ ।

निजीकरण गरिएका १८ वटा संस्थानमध्ये १० वटा नाफामा रहेको पाइएको छ । सार्वजनिक संस्थानको प्रशासनिक खर्च एक वर्षमा ४३ अर्ब ९० करोड रहेको समेत अर्थ मन्त्रालयको तथ्यांक छ ।

गत आवसम्म २० वटा संस्थानले लेखापरीक्षण गराएका छन् । सो आवमा बढी नाफा गर्ने संस्थान नेपाल आयल निगम, नेपाल विद्युत् प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी, नागरिक लगानी कोष र निक्षेप तथा कर्जा सुरक्षण कोष रहेका छन् ।

बढी नोक्सानी बेहोर्ने संस्थानमा नेपाल वायुसेवा निगम, नेपाल खानेपानी संस्थान, दुग्ध विकास संस्थान, उदयपुर सिमेन्ट र नेपाल टेलिभिजन छन् ।

तपाईको प्रतिक्रिया