Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – आईसीसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेटमा आज नेपालले टेष्ट मान्यता प्राप्त राष्ट्र न्युजिल्याण्डसँग खेल्दैछ । नेपाली समय अनुसार खेल दिउँसो १:४५ बाट शुरू हुनेछ। खेल दक्षिण अफ्रिकाको बफेलो पार्क मैदानमा हुनेछ। आजको खेलमा नेपाल र न्यूजिल्याण्ड दुवै टोली विजयी सुरुवात गर्ने लक्ष्यका साथ मैदानमा उत्रिँदै छन् । नेपाल देव खनालको कप्तानीमा मैदान उत्रने छ भने न्यूजिल्यान्डको कप्तानी अस्कर ज्याकशनले गर्नेछन्।

हालसम्म नेपाल र न्यूजिल्यान्डको यू-१९ टोली दुई पटक आमनेसामने भएका छन्। दुवै पटक नेपाल विजयी भएको छ। फेब्रुअरी १८, २००६ मा कोलम्बोमा भएको यू-१९ विश्वकपको प्लेट फाइनल खेलमा नेपालले न्यूजिल्यान्डलाई एक विकेटले हराएको थियो। यसपछि जनवरी २८, २०१६ मा यू-१९ विश्वकपकै समूह चरणको खेलमा नेपालले न्यूजिल्यान्डलाई ३२ रनले हराएको थियो।

नेपाल र न्यूजिल्यान्ड दुवै यो संस्करणको विश्वकपमा समूह ‘डी’मा छन्। यो समूहमा अफगानिस्तान र पाकिस्तान पनि छन्। नेपालले दोस्रो खेल माघ १० गते बुधबार पाकिस्तान विरुद्ध खेल्नेछ भने तेस्रो तथा समूह चरणको अन्तिम खेल १२ गते शुक्रबार अफगानिस्तान विरुद्ध खेल्नेछ। प्रतियोगितामा कुल १६ टोली सहभागी छन्।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया