Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ललितपुरको पुल्चोकस्थित हरिहर भवनमा रहेको मन्त्री निवासलाई खेलाडी आवासका लागि प्रयोग गर्न प्रस्ताव गर्ने निर्णय गरेको छ। राखेपका सदस्य–सचिव टंकलाल घिसिङको अध्यक्षतामा बसेको बैठकले मन्त्री निवासलाई खेलाडी आवास बनाउन प्रस्ताव गर्ने निर्णय गरेको हो।

यसअघि राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिता आयोजना गर्दा खेलाडीलाई होटलमा राखेर प्रशिक्षण गराइँदै आएको थियो। राखेपको यो प्रस्तावलाई मन्त्रीपरिषद्ले पास गरे खेलाडीले अब होटलमा बसेर प्रशिक्षण गर्नुपर्ने अवस्था हट्नेछ।

तपाईको प्रतिक्रिया