Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

काठमाडौं – महिला टी ट्वान्टी चारदेशीय सिरिजमा नेपाल घरेलु टोली हङकङसँग ९ विकेटले पराजित भएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

नेपालले दिएको ५७ रनको सामान्य लक्ष्य हङकङले ९ ओभरमा मात्र १ विकेट गुमाएर भेट्टायो । यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १८ ओभरमा अलआउट हुँदै मात्र ५६ रन बनाउन सकेको थियो ।

नेपाल लगातार दुई खेलमा पराजित भएसँगै सिरिजबाट बाहिरिएको छ । ओपनर नताशा माइल्सको अविजित ३० रन र सान्जिन शहजादको अविजित २० रनमा हङकङले नेपालविरुद्ध सहज जित निकालेको हो । ओपनर माइल्सले ४ चौको मदतले अविजित ३० रनको शानदार इनिङ्स खेलेकी थिइन् ।

हङकङका मारिको हिल ५ रनमा रनआउट भएकी थिइन् । उनलाई नेपालकी कप्तान इन्दु वर्माले रनआउट गराएकी थिइन् । नेपालका लागि रुबिना क्षेत्रीले २५ रन बनाउनु बाहेक अन्यको प्रर्दशन निरिह रह्यो । नेपालका अन्य कुनै ब्याट्सवुमनले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

ओपनरद्धय पुजा महतो ४ र सिताराना मगर ९ रनमा आउट भएको खेलमा सम्झना खड्का १ रनमा पोविलियन फर्किएका थिए । कप्तान इन्दु वर्मा र काजल श्रेष्ठ शून्य रनमा आउट हुँदा उपकप्तान बिन्दु रावल र कन्चन श्रेष्ठ १ रनमा र अश्मिना कर्माचार्य शून्य रनमा पोविलियन फर्किएका थिए ।

हङकङकी इकरा सहरले सर्वाधिक ३ विकेट लिइन् । सुचिथा बेन्कटेशले २ विकेट लिएको खेलमा बेट्टी चान, मारिको हिल र केनी चानले समान एक-एक विकेट हात पारेका थिए ।

नेपालले अब समूह चरणको अन्तिम खेलमा जापानसँग खेल्नेछ । नेपाल पहिलो खेलमा तान्जानियासँग २७ रनले पराजित भएको थियो ।

तपाईको प्रतिक्रिया