Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

समाचार सुन्नुहोस् :

काठमाडौँ – अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजबिक्रम नेम्बाङ र महासचिव किरण राईलाई बर्खास्त गर्न माग गरिएको छ। एन्फामा अबद्ध ४९ सदस्य संघ तथा क्लबले अध्यक्ष नेम्बाङ र महासचिव राईलाई बर्खास्त गर्न माग गर्दै निवेदन दिएका हुन्। सदस्यहरूले एन्फाको विधान धारा ३६ (३) अनुरुप एन्फाका ४० प्रतिशत सदस्यको हस्ताक्षरसहित विशेष साधारणसभा बोलाउनका लागि निवेदन दिएको बताएका छन्। विशेष साधारणसभामा अध्यक्ष नेम्बाङ र महासचिव राईलाई बर्खास्त गर्ने एजेन्डा राख्न उनीहरूले लेखेको निवेदनमा उल्लेख छ।

४० प्रतिशत सदस्यको निवेदनपछि अब २३ असोजसम्ममा विशेष साधारणसभा बोलाउनु पर्ने एन्फाको विधान उल्लेख छ। एन्फाले साधारणसभा नबोलाएमा आफूहरुले साधारणसभा आह्वान गर्ने पनि सदस्यहरुले लेखेको निवेदनमा उल्लेख छ। साधारणसभामा दुई तिहाइ मत पुगेको अवस्थामा मात्र बर्खास्त हुन सक्ने प्रावधान छ।उनीहरुले एन्फाका अध्यक्ष र महासचिव नेपाली फुटबललाई धरासयी बनाउन उद्दत रहेको र उनीहरु पदमा रहे नेपाली फुटबलको भविष्यमा नै क्षति पुग्ने निवेदकको आरोप छ।

उनीहरुले अध्यक्ष र महासचिवमाथि १९ आरोप समेत लगाएका छन्। जसमा विशेष साधारणसभा भर्चुअलमार्फत गर्न आह्वान गरेको, बजेट पास नगरी अनाधिकृत रुपमा बिनाआवश्यक अख्तियारी आर्थिक करोबार गरेको, बोर्ड बैठकबाट अवैधानिक निर्णय गरेको लगायतका छन्।

गत वर्षको आसारमा अध्यक्षमा निर्वाचित भएदेखि नै नेम्बाङ अल्पमतमा परेका थिए। पूर्वअध्यक्षद्वय कर्माछिरिङ शेर्पा र गणेश थापा पक्षका सदस्यको बहुमत हुँदा अध्यक्ष नेम्बाङले कार्यसमितिबाट विभिन्न निर्णय गराउन सकस पर्ने गरेको छ।

 

तपाईको प्रतिक्रिया