Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख ६, २०८२
Saturday, April 19, 2025

पोखरा – बागलुङको गलकोट नगर अस्पताललाई गलकोट समाज जापानले ३५ लाख रुपैयाँ बराबरको ‘अल्ट्रासाउन्ड’ मेसिन सहयोग स्वरूप हस्तान्तरण गरेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

अस्पतालमा आवश्यक अल्ट्रासाउन्ड उपकरण बिहीबार गलकोट समाज जापानका उपाध्यक्ष अमर भण्डारीले हस्तान्तरण गरेका हुन् ।समाजले यसअघि नगर अस्पताल सञ्चालनका लागि दर्जनौं सामग्री, उपकरण तथा भवन निर्माणमा समेत सहयोग गरेको छ । अस्पताल सञ्चालन गर्न समाजले एम्बुलेन्स तथा आँखा उपचार केन्द्रका, पुस्तकालय र गलकोट समाज गलकोटका लागि भवन निर्माण गरिएको छ ।

अस्पतालभित्रै डेन्टल मेसिन, भिडियो एक्स-रे, आँखा उपचार केन्द्र, बिरामी सुत्ने आधुनिक शय्या, फोल्डिङ गर्ने बिरामी कुरुवा कुर्सीलगायतका सामग्रीहरू समाजबाट सहयोग भएको छ । एक वर्षदेखि गलकोटमा नगर अस्पताल १५ शय्याको क्षमतामा सञ्चालनमा छ । यहाँ एमडीजीपी डाक्टर राजेश पौडेलसहित दुई जना चिकित्सक र अन्य स्वास्थ्यकर्मीको दरबन्दी व्यवस्थापन गरेपछि अस्पतालमा दैनिक १ सय ७० जनासम्म बिरामीले उपचार सेवा पाइरहेका छन् ।

‘यति धेरै जनताले नियमित सेवा पाउने भएपछि हामीले जापानमा बसेर पनि सहयोग जुटायौं,’ गलकोट समाज जापानकी अध्यक्ष कालिका थापाले भनिन्, ‘पहिले झैँ यो वर्ष समाजले कांडेबासका लागि अत्याधुनिक एम्बुलेन्स, पान्जखानीका लागि सुत्केरी महिलाको पेटमा हुर्कँदै गरिएको बच्चाको अवस्था पत्ता लगाउने मेसिन, मल्मको लागि स्वास्थ्यका आवश्यक सामग्रीहरू दिएका हौं ।

गलकोट समाजले स्थानीय बिरामी पर्दा उपचार खर्च, खेलकुद कार्यक्रम हुँदा पुरस्कार र सामग्री खर्च पनि जापानबाट नियमित जसो पठाउने गरेको छ । दशकदेखि सक्रिय गलकोट समाज जापानले नगरभित्रका क्रियाकलापमा मात्रै १८ करोडभन्दा बढी रकम सहयोग गरेको दाबी गरिएको छ । ‘जापानबाट नियमित आउने सहयोग र निगरानीबाट हामीले व्यवस्थापन चुस्त बनाएका छौं,’ अस्पतालका प्रमुख डा. राजेश पौडेलले भने, ‘आधुनिक उपकरण भित्रिँदा उपचारमा पनि सहयोग भएको छ ।’

पोखरा र काठमाडौं जानुपर्ने बिरामीले गलकोटमै सेवा पाएको उनले बताए । अस्पतालले भदौभित्रै अपरेसन सेवा पनि सञ्चालनको तयारी गरेको छ । ***

तपाईको प्रतिक्रिया