Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

काठमाडौं – फिफा महिला विश्वकप फुटबल प्रतियोगितामा स्विडेन तेस्रो भएको छ। शनिबार अष्ट्रेलियालाई उसकै घरेलु मैदानमा २–० गोल अन्तरले पराजित गर्दै स्विडेन विजयी भएको हो। सनक्रप स्टेडियम ब्रिसबेनमा भएको खेलमा स्विडेनले पेनाल्टीमार्फत् अग्रता लिएको थियो। ३० औं मिनेटमा पाएको पेनाल्टीमा फ्रिडोलिना रोल्फोले गोल गरिन्।

पहिलो हाफ बराबरी भएको खेलमा स्विडेनले दोस्रो हाफमा एक गोल थप्यो। कोशोभारे अस्लानीले ६२ औं मिनेटमा गोल गरेपछि स्विडेनले अग्रता दोब्बर पार्‍यो। ​त्यसपछि थप गोल हुन नसकेपछि स्विडेनले तेस्रो स्थानमा रहँदै प्रतियोगिता टुंग्याएको हो। आयोजक अष्ट्रेलियाले चौथो स्थानमा चित्त बुझाएको छ। प्रतियोगिताको फाइनल खेल आइतबार दिउँसो पौने ४ बजे स्पेन र इंग्ल्याण्डबीच हुनेछ।

तपाईको प्रतिक्रिया