Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

काठमाडौं – नेदरल्याण्डस र अमेरिका महिला फुटबल विश्वकपको राउण्ड १६ मा पुगेका छन् ।

मंगलबार सम्पन्न समूह चरणको अन्तिम खेलमा नेदरल्याण्डसले भियतनामलाई ७-० गोल अन्तरले पराजित गर्दै समूहमा शीर्ष स्थानमा रहँदै नेदरल्याण्डस राउण्ड १६ मा पुगेको छ । नेदरल्याण्डसको ३ खेलमा ७ अंक भएको छ ।

त्यसैगरी समूह इ को अर्को खेलमा अमेरिका र पोर्चुगल गोलरहित बराबरीमा रोकिएपछि अमेरिका समूहमा दोस्रो हुँदै राउण्ड १६ मा पुगेको छ । अमेरिकाको ३ खेलमा ५ अंक भएको छ ।

त्यस्तै पोर्चुगल ३ खेलमा ४ अंकसहित समूहमा तेस्रो हुँदै विश्वकपबाट बाहिरिएको छ । त्यसैगरी भियतनामले आफ्ना तिनै खेलमा हर बेहोरेर समूह चरणबाटै बाहिरिएको छ ।

योसँगै नेदरल्याण्डस र अमेरिकासहित राउण्ड १६ मा स्वीट्जरल्याण्ड, स्पेन, जापान, नर्वे, अस्ट्रेलिया र नाइजेरियाले स्थान सुरक्षित गरेका छन् ।

तपाईको प्रतिक्रिया