Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

काठमाडौँ – काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा जाहेरीकर्ता गौशाला २६ लाई क्षतिपूर्ति दिन आदेश दिएको छ। न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले कानुनबमोजिम पीडितलाई राहत कोषबाट अन्तरिम राहत दिन आदेश गरेको हो ।

गौशाला २६ ले यातायात र घरभाडासहित क्षतिपूर्ति उपलब्ध गराउन मागसहित अदालतमा निवेदन दिएकी थिइन्। उक्त निवेदनमा सुनुवाइ नभई जबरजस्तीकरणीको मुख्य मुद्दा सुनुवाइ नगर्ने भन्दै यसअघि मुद्दाको सुनुवाइ स्थगित भएको थियो ।अन्तरिम राहत माग गर्दै यसअघि पनि पीडित पक्षले निवेदन दायर गरेको थियो । उक्त निवेदन अदालतले मुख्य मुद्दामा अन्तिम सुनुवाइको मिति तोकिएको भन्दै निवेदन खारेज गरेको थियो । तर, अन्तिम सुनुवाइको मिति बारम्बार स्थगित हुँदा अन्तरिम क्षतिपूर्ति माग गर्दै पुनः पीडित पक्षले निवेदन दिएको थियो ।

क्षतिपूर्तिको विवादमा अदालतको आदेश आएकाले अब मुख्य मुद्दाको फैसला गर्न पनि बाटो खुलेको छ। उक्त मुद्दाको पेशी यही असार २९ गतेका लागि तोकिएको छ।

 

तपाईको प्रतिक्रिया