Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

काठमाडौँ – पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै आएका नेपाली क्रिकेट सन्दीप लामिछानेलाई टर्किस एयरलाइन्सले सम्मान गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा टर्किस एयरलाइन्सका जनरल म्यानेजर सेरकन बसरले सन्दीपलाई सम्मान गरेका हुन् । बसरले पछिल्लो समय नेपाली क्रिकेट टिममा उत्कृष्ट प्रदर्शन गरेका सन्दीपलाई सम्मान गर्न पाउँदा आफू उत्साहित भएको बताए ।

उनले सन्दीपले आईसीसी एक दिवसीय वरियताको बलिङतर्फ १९ औं स्थानमा आएको र एक दिवसीय क्रिकेटमा सर्वाधिक कम खेलबाट १०० विकेट लिने रेकर्ड कायम गरेकोमा एयरलाइन्सले सम्मान गरेको बताए । सम्मानित भएका सन्दीपले टर्किस एयरलाइन्सबाट सन्दीपले युरोप टूरका लागि टिकट प्राप्त गर्ने छन् ।

नेपाली खेलकुदका लागि टर्किस एयरल्यान्स योगदान गर्न तयार रहेको बताउँदै आगामी दिनमा पनि खेलाडीहरुलाई सम्मान गर्ने कुरामा आफूहरु पछि नपर्ने बसरले बताए ।सम्मानित भएका सन्दीपले यस्तो सम्मानले क्रिकेटमा लाग्न अझ प्रेरित गर्ने पनि बताएका थिए ।

 

तपाईको प्रतिक्रिया