Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

काठमाडौं – म्यानचेस्टर सिटी इङलिश प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा म्यानचेस्टर सिटीले फुलह्यामलाई २-१ गोल अन्तरले पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लिएको हो ।

म्यानचेस्टर सिटीको जितमा इर्लिंग हालाण्ड र जुलियन अल्भारेजले एक एक गोल गरेका थिए । त्यस्तै फुलह्यामका लागि कार्लोस भिनिसियसले एक गोल गरेका थिए । यो जितपछि म्यानचेस्टर सिटीको ३२ खेलमा ७६ अंक भएको छ र लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

दोस्रो स्थानमा रहेको आर्सनलको ३३ खेलमा ७५ अंक रहेको छ । यो सँगै लामो समयदेखि लिगको शीर्ष स्थानमा रहेको आर्सनल दोस्रो स्थानमा झरेको छ । फुलह्यामको भने ३३ खेलमा ४५ अंक छ र लिगमा १०औं स्थानमा रहेको छ ।

तपाईको प्रतिक्रिया