Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

टोकियो – नेपालका अशोक खड्काले जापान ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा रजत पदक जितेका छन् । जापानको ओसाकामा भएको प्रतियोगितामा अशोकले पुरुष ४० वर्ष मुनिको ब्ल्याकबेल्ट समूहअन्तर्गत पुम्सेतर्फ ६.२७ अङ्क बनाएर दोस्रो स्थान हात पारेका हुन् ।

नेपालकै अर्का खेलाडी नन्द विष्टले कास्य पदक जिते । उनले ६.१० अङ्क बनाएका थिए । सो समूहमा कम्बोडियाका खेलाडीले स्वर्ण पदक जितेका हुन् । सो प्रतियोगितामा अशोकले अब आइतबारदेखि सुरु हुने ग्यारोगी विधामा निर्णायकको भूमिका निर्वाह गर्नेछन् । अशोकबाहेक रवीन्द्र मल्ल पनि जापान ओपनमा निर्णायकको जिम्मेवारीमा छन् ।

तपाईको प्रतिक्रिया