Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

काठमाडौं – विश्वकपपछिको पहिलो खेलमा ब्राजिल मोरक्कोसँग स्तब्ध भएको छ । बिहान मोरक्कोको घरेलु मैदानमा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिल २-१ ले पराजित भएको हो ।

मोरक्कोको जितमा सोफियाने बोउफल र अब्देलहामिद सबिरीले एक/एक गोल गरेका थिए । ब्राजिलका लागि एक गोल क्यासेमिरोले गरेका थिए ।

हालै सम्पन्न विश्वकपमा मोरक्को सेमिफाइनलमा फ्रान्ससँग पराजित भएको थियो भने तेस्रो स्थानका लागि भएको खेलमा क्रोएसियासँग पराजित भएको थियो । अब अर्को मैत्रीपूर्ण खेलमा मोरक्कोले पेरुसँग खेल्दैछ ।

तपाईको प्रतिक्रिया