Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

काठमाडौँ – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको एकदिवसीय वरीयता (ओडीआई) मा नेपालले उल्लेख्य सुधार गरेको छ। आईसीसी विश्वकप क्रिकेट लिग–२ मा पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै ओडीआई वरीयतामा नेपाल १६ औं स्थानमा उक्लिएको हो । लिग २ मा लामो समय खराब प्रदर्शन गरेको नेपालले पछिल्लो एक महिनामा जादुमय खेल देखाएको छ। लिगका पछिल्ला ११ खेलमध्ये १० खेल जितेको नेपालले विभिन्न कीर्तिमान पनि बनाएको छ।

लिग २ का ३५ खेलमा ३८ अंक जोड्दै नेपाल चौथो स्थानमा उक्लिएको छ। अब बिहीबार हुने यूएईसँगको खेलमा जित निकाले नेपालले सोझै एकदिवसीय विश्वकप छनोट खेल खेल्न पाउनेछ। ओडीआईको नयाँ वरीयताअनुसार नेपालले १ हजार १६७ अंक पाएको छ। नयाँ ओडीआई वरीयतामा ५ हजार १० अंकसहित भारत शीर्ष स्थानमा छ। अस्ट्रेलिया र न्युजिल्यान्ड क्रमश: दोस्रो र तेस्रो स्थानमा छन्।

घरेलु मैदानमा सक्टल्यान्ड र नामिबियासँग खेल्नुअघि नेपाल १९ औँ स्थानमा थियो। त्यसपछिका ११ मध्ये एक बाहेक सबै खेल जिती नेपाल १६ औँ स्थानमा उक्लिएको हो। यससँगै नेपालले एकदिवसीय वरीयतामा नामिबिया, यूएई, अमेरिका र पपुवान्युगिनीलाई पछि पारेको छ।

 

तपाईको प्रतिक्रिया