Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – ग्राण्डी अस्पतालले बिरामीको उपचारमा हदैसम्मको लापरवाही गरेको पाइएको छ । काठमाडौंको टोखास्थित ग्राण्डी अस्पतालमा पत्थरीको अपरेशनका लागि पुगेका बिरामीको उपचारमै अस्पतालले लापरवाही गरेको पाइएको हो । केही दिन अघि ६५ वर्षीय गणेश कुमार जलान ‘गल ब्लाडर’ (पत्थरी)को अपरेशनका लागि ग्राण्डी अस्पताल पुगे । तर, अस्पतालको लापरवाहीका कारण अहिले उनी आईसियुमा छन् ।

सामान्य अपरेशन गरेर समाधान हुने विषयमा अस्पतालको लावरवाहीका कारण बिरामीको अवस्था झनै गम्भीर बनेको बिरामीका छोरा अंकित जलानले बताएका छन् । ‘हामी बुवाको पत्थरीको अपरेशनका लागि ग्राण्डी अस्पताल गएका थियौँ । प्रि-अपरेशन अघि बिरामीलाई एनेस्थेसिया गर्नुपर्छ । तर, बिरामीको अवस्था मुल्यांकन नै नगरी अस्पतालले एनेस्थेसिया गर्यो ।’, बिरामीका छोरा अंकितले भने- ‘बिरामीको मुल्यांकन नै नगरी एनेस्थेसिया गर्दा बुवालाई सास फेर्न गाह्रो भयो । सास फेर्न सहज होस् भन्नका लागि घाँटीमा प्वाल पारियो तर त्यसमा पनि अस्पताल असफल भएपछि बुवालाई भेन्टिलेटरमा राखेको छ ।’

अंकितका अनुसार तीन दिन भेन्टिलेटरमा राखेर अस्पतालले गणेश (बिरामी)लाई हाल आईसियुमा राखेको छ । तर, त्यहाँ पनि अस्पतालको लापरवाही अत्याधिक भएको अंकितले बताए । ‘आईसियु त संवेदशिल क्षेत्र हो नि, तर त्यहाँ न उपचार राम्रो छ न हेरचाह’, उनले भने, ‘आईसियुमा समेत हेरचाह गर्ने मान्छे हुँदैनन् । शौचालय जाँदा पनि हात समाउने मान्छे नहुँदा बुवा एक्लै उठेर जानुभएछ । त्यतिबेलासम्म पनि कोही आएनन् । हदै भएपछि बुबा आईसियुबाट बाहिर निस्किएर अर्को अस्पताल जान्छु भन्दै लिफ्टमा पुगेपछि मात्रै नर्सहरु आएका हुन् । अब यस्तो अस्पतालमा बिरामीको उपचार कसरी गर्ने ?’

अस्पतालले बुवाको अपरेशनका क्रममा लापरवाही गरेको मौखिक रुपमा स्वीकार गरे पनि लिखित रुपमा भनै कुनै पनि प्रक्रिया अघि नबढाएको बिरामीका छोरा अंकित जलानले बताएका छन् । ‘अस्पतालले हामीले गल्ती गर्यौं भनेर मौखिक रुपमा भनेको छ तर लिखित रुपमा केही बोल्दैन ।’ उनले भने- ‘बिरामी बाहिर लान्छौँ भन्दा लैजान दिँदैन, तर सर्भिस पनि राम्रो छैन, बिरामी बचाउँछ भनेर कसरी विश्वास गर्ने ?’

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया